IME Life New

नेप्सेले लगानीकर्तालाई युजर नेम र पार्सवर्ड लिएर अनलाइनमा जोडिन आह्वान गव्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: नेपाल स्टक एक्सेन्जले साउन एक गते देखि अनलाइन कारोबार सुरु गरेको थियो । अनलाइन कारोबार सुरु गरेको एकहप्ता पश्चात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सबै सेयर लगानीकर्ताहरूलाई अनलाइन ट्रेडिङ सिस्टममा सहभागी हुनका निमित्त आफ्ना ब्रोकर व्यवसायीबाट युजर नेम र पासवर्ड लिन आव्हान गरेको छ। आइतबार सम्ममा ५० वटै बोक्रर कम्पनीको अनलाइन प्रणालीमा ट्रेड म्यानेजमेन्ट सिस्टमसँग अन्तर आवद्धता स्थापना भइसकेको नेप्सेले जानकारी दिएको छ।
सेयर लगानीकर्ताले बोक्रर व्यवसायीसँग सम्पर्क गरी केवाइसी अधावधिक नगराएको भए अधावधिक गर्न एवं युजर नेम र पार्सवर्ड लिएर अनलाइन टेड्रिङ सिस्टममा जोडिन नेप्सेले आ्रगह गरेको छ। नेप्सेले अनलाइन टेड्रिङको अहिले परीक्षणकालमा भएकाले उपलब्ध गराएको युजर नेम र पार्सवर्ड मार्फत लगानीकर्ताहरुले हालको टेड्रिङ सिस्टममा प्रविष्टि गरेको आदेश र म्याचिङ भएको कारोबारको विवरण मात्र हेर्न सकिने जनाएको छ।

यो अवधिमा नेप्सेलाई सरोकारवालाहरूले दिएको सुझावलाई समेटेर आवश्यकता अनुसार अनलाइन कारोबारमा परिमार्जन गर्न सकिने नेप्सेको भनाई रहेको छ। यस योजना पूर्ण कार्यान्वयनमा आउनु अघि परीक्षणका रूपमा प्रयोगमा ल्याउन लागिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS