IME Life New

नया तीन निर्जीवन बीमा कम्पनीले पाए सञ्चालनको अनुमति, छिटै कारोबार संचालनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले तीन निर्जीवन बिमा कम्पनीलाई सञ्चालनको स्वीकृति दिएको छ। बीमा क्षेत्रको नियमनकारी निकाय समितिले सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीलाई सञ्चालनको स्वीकृति दिएको हो। योसँगै निर्जीवन बीमाको कारोबार गर्ने कम्पनीको संख्या २० पुगेको छ।
समितिले उनीहरुलाई गत असोजमा सैद्धान्तिक सहमति दिएको थियो। समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरूलाई पूँजी कायम गरी आउन तीन महिनाको अवधि दिइएको थियो। केही दिनअघि बसेको समिति सञ्चालक समितिको बैठकले तीन कम्पनीलाई अन्तिम स्वीकृति दिएको हो।
समितिको निर्देशनअनुसार ती कम्पनीले यो अवधिमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी समितिसमक्ष प्रस्तुत गरेका थिए। सञ्चालन अनुमति पाएका कम्पनीले तीन महिनाभित्र आवश्यक पूर्वाधार तयारी गरी कारोबार सुरु गर्नुपर्नेछ। समितिले यसअघि ९ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS