IME Life New

बीमा क्षेत्रमा थप नयाँ आयामको अठोट सहित सुरु भयो: अजोड इन्स्योरेन्स कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: चालु आर्थिक बर्षमा संचालनको अनुमति पाएको ‘अजोड इन्स्योरेन्स कम्पनी’ले अषाढ २१ गते बिहिबारबाट औपचारिक ब्यबसाय संचालन गरेको छ। अजोड इन्स्योरेन्स कम्पनी बिमा समिति बाट निर्जिबन बीमा ब्यबसाय इजाजत पाउने १९ औ कम्पनी हो, बीमा क्षेत्रमा थप नयाँ आयामका साथ उत्कृष्ट निर्जिबन बीमा सेवा दिने अठोट कम्पनीले गरेको छ।

अजोड इन्स्योरेन्सलले ब्यबसाय संचालन गरे संगै नेपालमा निर्जिबन बीमा ब्यबसाय गर्ने कम्पनीको संख्या १९ पुगेको छ। केहि समय अगाडी मात्र नयाँ निर्जिबन बीमा कम्पनी मध्येको जनरल इन्स्योरेन्स कम्पनी नेपालले आफ्नो ब्यबसाय सुरु गरिसकेको छ, संचालनको अनुमति पाउने सानिमा इन्स्योरेन्सको संचालन संगै नेपालमा २० ओटा निर्जिबन बीमा कम्पनी हुने छन्।

Esewa
Crest

अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री रहेका छन्, त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर खत्रीसंग नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स) को ब्यबस्थापकीय तहमा काम गरेको अनुभब रहेको छ। खत्री पछिल्लो समय लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए।

अजोड इन्स्योरेन्सको जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ, कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ । कम्पनीमा भाटभटेनी समूह, हाथवे इन्भेष्टमेन्ट सम्बद्ध समूह तथा अम्बिका पौडेल, सेञ्चुरी कमर्सियल बैंक, ब्यापारी कालु गुरुङ, पोखराको प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी समूह लगायतको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS