IME Life New

सनराइज बैंक ले बचत खाताको विमा दाबी भुक्तानी गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” संचालन गर्दै आएको छ। यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नवढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

सोही बचत विमा व्यवस्था अनुरुप सनराइज बैंकको नारायणगढ शाखामा खाता खोल्नुहुने चितवन निबासी मनोज कुमार पोखरेलको मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा निधन भएकोमा मृतकको नाममा सनराइज बैंकको नारायणगढ शाखामा रहेको खातामा रहेको बचतको ४ गुणा रकम बराबरको बिमा दाबी भुक्तानी एक कार्यक्रम विच उक्त शाखाका प्रमुख श्री प्रकाश कस्तीद्धारा मृतकका श्रीमती सशिला कुमारी बानिया लाई प्रदान गरियो। सो कार्यक्रममा सनराइज बैंक लिमिटेड नारायणगढ शाखाका प्रमुख श्री प्रकाश कस्तीले अझै पनि ठूलो संख्याका नेपाली जनताहरु बीमाको पहुँच भन्दा बाहिर रहेको र सनराइज बैंकको “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” ले आम सर्बसाधारणमा बिमाको चेतना विस्तार हुने बिश्वाश बक्त्य गर्नु भयो !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS