IME Life New

प्रिमियममा आइपिओ निस्काशन गर्न लागेको शिवम् सिमेन्टको चैत्र सम्मको वित्तीय विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: धितोपत्र बोर्डबाट प्रिमियममा प्राथमिक निष्कासन (आइपिओ ) गर्ने लागेको शिवम् सिमेन्टले  चैत्र महिना सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो ९ महिनाको अवधिमा ९३ करोड ६६ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब १६ करोड रुपैया छ।  आइपिओ पश्चात् कम्पनीको पुँजी ४ अर्ब ४० करोड पुग्ने छ।

Esewa
Crest

धितोपत्र बोर्डले शिवम सिमेन्टलाई प्रिमियम सहित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तथा सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँका दरले प्राथमिक शेयर निष्कासन गर्ने गरी अनुमति दिएको छ। कम्पनीले ८ लाख ८० हजार कित्ता शेयर स्थानीय बासिन्दाकालागि दिदैछ भने ४४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ।

शिवम् सिमेन्ट लिमिटेडले चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरि नवलपरासीमा ‘होङसी  शिवम् सिमेन्ट लिमिटेड’ नामको नेपालकै ठुलो सिमेन्ट उद्योगबाट केहि समय अगाडीबाट सिमेन्ट उत्पादन सुरु गरेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ । होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको होङसी  शिवम् सिमेन्ट लिमिटेडमा शिवम् सिमेन्ट लिमिटेड २० प्रतिशत स्वामित्व रहेको छ ।

हेरौ कम्पनीले सार्वजनिक गरेको विवरण :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS