IME Life New

९२ कोठाको ‘आइबिस स्टाइल्स होटल’ व्यवस्थापनका लागि एक्कोरसँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार गर्ने क्रममा होटल व्यवसायी तथा Hotel Sabrina Limited का अध्यक्ष निराजन थापाले विश्वप्रसिद्ध होटल समूह Accor सँग अर्को महत्वपूर्ण साझेदारी गरेका छन्। निराजन थापा र Accor समूहअन्तर्गतको AAPC India Hotel Management Company Pvt. Ltd. बीच काठमाडौंको बुढानीलकण्ठमा ९२ कोठाको प्रस्तावित ibis Styles Hotel विकास तथा व्यवस्थापनका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।

यो साझेदारी थापाको Accor समूहसँगको बढ्दो सहकार्यको अर्को महत्वपूर्ण उपलब्धि हो। यसअघि नै उनको नेतृत्वमा Hotel Sabrina Limited अन्तर्गत Accor को प्रिमियम लाइफस्टाइल ब्रान्ड TRIBE Kathmandu परियोजना अघि बढिरहेको छ। १०१ कोठाको प्रस्तावित TRIBE Kathmandu होटलमा क्यासिनोसहित विभिन्न आधुनिक आतिथ्य तथा लाइफस्टाइल सुविधाहरू रहनेछन्। उक्त परियोजना सन् २०२७ को अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

Esewa
Crest

TRIBE Kathmandu र प्रस्तावित ibis Styles परियोजनासँगै निराजन थापाको नेतृत्वमा Accor समूहका दुई फरक अन्तर्राष्ट्रिय होटल ब्रान्ड काठमाडौंमा विस्तार हुने दिशामा अघि बढेका छन्। यी परियोजनाले नेपालको पर्यटन तथा होटल क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै रोजगारी, लगानी र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS