काठमाडौं । आज नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ । आज १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ३ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।












