काठमाडौं । शेयर बजार आज मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन वाणिज्य बैंक समूह सर्वाधिक १.२४ अंकले बढ्दा अन्य समूहमा सर्वाधिक ०.३९ प्रतिशतको गिरावट देखिएको छ।
आज १६५ कम्पनीको शेयरभाउ बढेको छ भने १११ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर देखिएको छ।
बजारमा आज ५ अर्ब ५५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सोल्टी होटलको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












