काठमाडौं । अमेरिकी चिप निर्माण कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको एक्स्ट्रा म्यारिटल सम्बन्धको सूची निरन्तर बढ्दैछ। हुआङले अब कम्पनीको बोर्डमा धेरै महिलासँगको सम्बन्धका बारेमा स्वीकार गरेकी छन्।
हुआङले पहिले तीनवटा एक्स्ट्रा म्यारिटलको खुलासा गरेका छन्। द वाल स्ट्रिट जर्नलको एक खबरअनुसार उनले आइतबारको एनभिडिया बोर्ड बैठकमा थप सम्बन्धका बारेमा खुलासा गरेका हुन्।
हुआङले बैठकका क्रममा आफ्नो व्यवहारका लागि गहिरो पछुतो पनि व्यक्त गरे। यो खुलासा यस्तो समयमा भएको हो जब हुआङ हालै एनभिडियाको सीईओका रूपमा आफ्नो पदमा फर्किएका छन्।
यो कुरा ध्यान दिन लायक छ कि हुआङको तीन अफेयरको खबर पहिले पनि बाहिर आएको छ। यी विवादले हालै एनभिडियाको सीईआका रुपमा राजीनामा दिए।
हुआङ आफैँले चिनियाँ व्यवसायी एलिस हुआङसँगको आफ्नो अफेयर स्वीकार गरे। अमेरिकी गुप्तचर अधिकारीहरुले शंका गर्छन् कि चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले एनभिडिया प्रमुख हुआङसँग निकटता प्राप्त गर्न उनलाई भर्ती गरेको थियो। यद्यपि, चीनले यी आरोपलाई अस्वीकार गरेको छ र एलिसलाई कुनै अपराधको आरोप लगाइएको छैन।
हुआङको नामपछि एनभिडियाकी एक वरिष्ठ अधिकारी किम्बर्ली पावेलसँग जोडियो। पावेल सन् २००८ मा एनभिडियामा निर्देशकका रुपमा सामेल भइन् र पहिले कम्पनीको स्वास्थ्य सेवाको उपाध्यक्षका रुपमा काम गरेकी थिइन्।
४८ वर्षीय किम्बर्लीका बारेमा न्युयोर्क टाइम्सको एक खबले दाबी गरेको छ कि उनी र जेन्सेन हुआङ मार्चमा कम्पनीको वार्षिक विकासकर्ता सम्मेलनको क्रममा क्यालिफोर्नियाको सान होजेको एक होटलमा नजिकबाट देखिएका थिए। खबरले पाँच वर्तमान र पूर्वएनभिडिया कर्मचारीलाई उद्धृत गरेको छ। जसमध्ये दुईले भने कि दुईबीचको निकटता क्यामेरामा पनि कैद गरिएको थियो। किम्बर्लीले कम्पनीमा हुआङलाइृ खबर गरेको कारणले यो खुलासाले अझ बढी ध्यान खिच्यो।
पछि हुआङको अर्की महिला एनभिडिया कर्मचारीसँगको घनिष्ठ सम्बन्धका बारेमा खबरहरु बाहिर आए। रोयटर्सले यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै यो जानकारी प्रकाशित गरेको छ। यद्यपि, महिलाको पहिचान जारी गरिएको छैन। –एजेन्सी











