काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव २६ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३६० कम्पनीको १ करोड ८ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ५८ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ५ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भिजन लुम्बिनी ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ दशमलव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।











