IME Life New

लाभांश पारित गर्न युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश रहेका छन्।

सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावित पारित गर्नेछ। यसका लागि नियमनकारी निकायहरुबाट गर्नुपर्ने आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ संस्थाले मंसिर ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्र लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS