IME Life New

धितोपत्र बजारमा बैंक र बीमा कम्पनीको पूँजीकरण हिस्सा आधाभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूमध्ये धितोपत्र बजार पूँजीकरणका हिसाबले बैंक तथा बीमा कम्पनीले आधाभन्दा बढी हिस्सा ओगटेका छन्।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन अनुसार, २०८३ असारमसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ३०५ कम्पनीहरूमध्ये पूँजीकरणका हिसाबले बैंक तथा बीमा कम्पनीले ५२.६ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.६ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ७.७ प्रतिशत रहेको छ।

Esewa
Crest

सूचीकृत कम्पनीहरूमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ११२ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन्। २०८२ असोजमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७६ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS