काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहँदा निक्षेप तथा कर्जा दुबैको भारित औसत ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेको छ।
नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार २०८३ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.८३ प्रतिशत, विकास बैंकहरूको ६.५८ प्रतिशत र वित्त कम्पनीहरूको ७.०९ प्रतिशत कायम भएको छ।
यो २०८२ असारमा क्रमशः ६.०२, ८.०३ र ८.९७ प्रतिशत थियो। सोही अवधिमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.८५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशत तथा निक्षेपको ब्याजदर ४.१९ प्रतिशतबाट घटेर ३.२१ प्रतिशत मा झरेको छ।











