IME Life New

बैंकमा रहेको रु. १८ खर्ब ५७ अर्ब निक्षेप र रु. ३ खर्ब ६९ अर्ब कर्जा सुरक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणको बचत र प्राथमिकता प्राप्त क्षेत्रको कर्जा सुरक्षित गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोषको दायरा थप फराकिलो बनेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको  ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार २०८३ असार मसान्तसम्म कोषले रु. १८ खर्ब ५७ अर्ब १७ करोड निक्षेप र रु. ३ खर्ब ६९ अर्ब ५५ करोड कर्जा सुरक्षण गरेको छ।

Esewa
Crest

अघिल्लो वर्ष २०८२ असार मसान्तमा निक्षेप सुरक्षण रु. १५ खर्ब ७९ अर्ब ५ करोड र कर्जा सुरक्षण रु. ३ खर्ब ५ अर्ब १७ करोड रहेको थियो। वार्षिक आधारमा निक्षेप सुरक्षण १६.६ प्रतिशत र कर्जा सुरक्षण २१.१ प्रतिशतले वृद्धि भएको हो।

सरकारले प्रति व्यक्ति एउटा बैंक वा वित्तीय संस्थामा अधिकत्तम रू ५ लाखसम्म निक्षेप सुरक्षणको प्रत्याभूति गरेको छ। यस्तो सुरक्षणवापतको शुल्क भने सम्बन्धित बैंकले नै व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS