काठमाडौं । देशको समग्र सेवा क्षेत्रको वृद्धिदर अघिल्लो वर्षको ४.३६ प्रतिशतको तुलनामा समीक्षा वर्षमा ४.२१ प्रतिशतमा सीमित रहँदा वित्तीय तथा बीमासम्बन्धी क्षेत्रले भने उच्च गति कायम राखेको छ।
नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार आर्थिक वर्ष २०८२/८३ मा वित्तीय तथा बीमा क्षेत्रको उत्पादन ९.१६ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ७.५५ प्रतिशत रहेको थियो।
समग्र वित्तीय प्रणालीको कुल सम्पत्ति तथा दायित्वमा बीमा कम्पनीहरूको हिस्सा ७.३ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।











