IME Life New

समस्याग्रस्त बीमा कम्पनीको इजाजत रद्द गर्ने तयारी गर्दै बंगलादेशी बीमा नियामक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले सञ्चालन क्षमता गुमाएका र आर्थिक रूपमा कमजोर बीमा कम्पनीहरूलाई बन्द गर्ने विषयमा विचार गरिरहेको छ । तर, बंगलादेश बीमा संघ (बीआइए) ले भने समस्याग्रस्त बीमा कम्पनीहरूलाई सिधै बन्द गर्नुको सट्टा पुनर्संरचना गर्नुपर्ने माग अघि सारेको छ ।

ढाका विश्वविद्यालयको बिजनेस स्टडिज संकायस्थित प्राध्यापक डा. अब्दुल्ला फारुक बहुउद्देश्यीय हलमा आइतबार आयोजित ‘सबल र दिगो बीमा उद्योगमार्फत् आगामी बाटो’ विषयक गोलमेच सम्मेलनमा बोल्दै इड्राकी अध्यक्ष मीर नादिया निभिनले वित्तीय मापदण्ड पूरा गर्न नसक्ने कम्पनीहरूविरुद्ध कानूनी कारबाही गरिने बताइन् । आवश्यक परेमा कानुनी प्रक्रिया पूरा गरी जीवन तथा निर्जीवन दुबै प्रकारका बीमा कम्पनी बन्द गरिने उनको भनाइ थियो ।

Esewa
Crest

द बिजनेश स्टाण्डर्डका अनुसार, अध्यक्ष निभिनका अनुसार बंगलादेशमा हाल ८२ वटा बीमा कम्पनी सञ्चालनमा रहे पनि तिनीहरूको वित्तीय अवस्था र कार्यसम्पादनमा ठूलो भिन्नता छ । दायीत्व पूरा गर्न नसक्ने र सोल्भेन्सी (वित्तीय सक्षमता) को मापदण्ड पूरा नगर्ने कम्पनीहरूलाई सञ्चालनको अनुमति दिन नहुने उनले स्पष्ट पारिन् ।

कम्पनीहरूले पेस गर्ने वित्तीय विवरणभन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने बीमाङ्कीय मूल्याङ्कन (एक्चुरियल इभ्यालुएसन) का आधारमा तिनीहरूको अवस्था जाँचिने र कमजोर देखिएमा व्यावसायिक गतिविधि तथा बीमा योजनाहरूमा प्रतिबन्ध लगाउन सकिने उनले बताइन् । साथै, वित्तीय क्षेत्रको विकाससँगै ‘बीमा ऐन, २०१०’ पुरानो भइसकेकाले यसलाई समयानुकूल बनाउन र कार्यान्वयन पक्ष बलियो पार्न महत्त्वपूर्ण संशोधनको तयारी भइरहेको जानकारी पनि उनले दिइन् ।

सुधारका प्राथमिकताहरू उल्लेख गर्दै उनले अर्थतन्त्रमा बीमाको योगदान बढाउने, बीमितको विश्वास पुनःस्थापित गर्ने र नियामक तथा कम्पनीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने तीन मुख्य क्षेत्र पहिचान गरिन् । कम्पनीहरूबाट प्राप्त तथ्याङ्कमा एकरूपता नहुँदा क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्न र प्रभावकारी सुधारका योजना बनाउन कठिनाइ भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सार्वजनिक प्रशासन मन्त्रालयसम्बन्धी संसदीय स्थायी समितिका सभापति तथा बीआइएका अध्यक्ष सैयद अहमदले समस्यामा परेका ७–८ वटा बीमा कम्पनीलाई तत्काल बन्द गर्नुको साटो तिनका समस्या पहिचान गरी पुनर्संरचनाको अवसर दिनुपर्ने बताए ।

“कुनै एक सञ्चालकले गरेको गल्तीको सजाय अन्य सञ्चालक, कर्मचारी, बीमित र अभिकर्ताले भोग्नु हुँदैन,” उनले भने, “अनियमिततामा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिनुपर्छ, तर संस्थालाई सुधारिने मौका दिनुपर्छ ।”  प्रमुख वित्त अधिकृत नियुक्तिका नयाँ मापदण्ड बनाउँदा बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी पेशाकर्मीहरूलाई बेवास्ता गर्न नहुने र नयाँ नियम पालना गर्न कम्पनीहरूलाई पर्याप्त समय दिनुपर्ने उनले बताए ।

बीमा दाबी भुक्तानीका सम्बन्धमा बोल्दै बीआइए अध्यक्ष अहमदले सबै वास्तविक र भुक्तानीयोग्य दाबीहरूको पूर्ण भुक्तानी हुनुपर्ने बताए । यद्यपि, पेस भएका सबै दाबीलाई स्वतः वैध मान्न नहुने उनको भनाइ थियो । आवश्यक कागजात, अग्नि सुरक्षा प्रमाणपत्र, दमकल सेवाको प्रतिवेदन तथा घोषित व्यवसाय र वास्तविक मौज्दातबीचको तालमेलका आधारमा मात्र दाबीको मूल्याङ्कन गरिनुपर्ने उनले उल्लेख गरे । सरोकारवालाहरूसँगको समन्वय र निरन्तर संवादबिना ल्याइने सुधारका कार्यक्रम कार्यान्वयन गर्न कठिन हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS