IME Life New

एनआईसी एशिया क्यापिटलद्वारा पूँजी बजार सम्बन्धि साक्षरता तथा अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा “विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा–३०, तालचोक, कास्कीमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम आज असोज २३ गते शुक्रबारको दिन सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले Word Investor Week, 2026 sf] Primary Themes “Investor Resilience, Digital Deception and Scam Alert” / Complementary Themes “Basis of Investing and Young Investor & Next Generation” मा आधारित भएर “Invest in Your Future, Protect it Today” नारा सहित विद्यार्थी जिवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको स–सानो रकम कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराएका थिए ।

Esewa
Crest

साथै उनले धितोपत्रको प्राथमिक तथा दास्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एसआइपी आदिमा लगानी गर्ने प्रकृयाका सहित दास्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराए ।

उक्त कार्यक्रमको अन्त्यमा सहभागि विद्यार्थीहरु तथा प्रध्यापकहरुको सहभागितामा मुद्रा बजार उपकरण तथा पूँजी बजारको पछिल्लो अवस्था र लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरुको सम्बन्धमा विस्तृत छलफल तथा अन्तर्क्रिया गरिएको थियो । उक्त कार्यक्रममा १०० जना भन्दा बढी युवा विद्यार्थी, प्रध्यापकज्यूहरु लगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS