IME Life New

बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो कात्तिक २० गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रो बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यसमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS