काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको आर्थिक वर्ष २०८२।८३ का लागि घोषणा गरिएको छ।
योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड–१ का इकाइधनीलाई २.७५ प्रतिशत र आरबीबी म्युचुअल फन्ड–२ का इकाइधनीलाई ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरणार्र्थ योजना व्यवस्थापकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम इकाइधनीहरु यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।
यी दुवै योजना बन्दमुखी हुन्। कोष प्रवर्द्धकका रुपमा भने राष्ट्रिय वाणिज्य बैंक रहेको छ।












