IME Life New

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नाडाको १० लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नाडाको तर्फबाट रु. १० लाखको चेक हस्तान्तरण गरेको छ । हालै २०८३ भाद्र १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत तथा पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नाडाले नगद सहयोग उपलब्ध गराएको हो ।

यसका साथै, नाडाले बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै राहत सामग्रीसमेत वितरण गरिरहेको छ। नाडाको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खाद्यान्न, आवश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गर्दै विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूलाई सहयोग प्रदान गरिरहेको छ।

Esewa
Crest

नाडाले विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई समेत निरन्तरता दिइरहेको छ। प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग पु‍र्याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाले जनाएको छ।

उक्त प्रतिनिधि मण्डलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS