IME Life New

भोटेकोशी बाढी प्रभावितका लागि एचआइडीसीएलले गर्यो १ करोड १ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार सहयोगले बाढीपछि तत्काल आवश्यक मानवीय उद्धार तथा राहत कार्यमा योगदान पुर्‍याउनेछ।

Esewa
Crest

भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायत त्रिशूली नदी करिडोरमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनाका साथै सडक, पुल र स्थानीय पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ।

एचआइडीसीएलले तत्कालको राहत तथा उद्धारसँगै बाढी प्रभावित त्रिशूली करिडोरको पुनरुत्थान, पुनर्निर्माण र जलवायु उत्थानशील पुनर्स्थापनाका लागि ठूलो परिमाणमा दीर्घकालीन वित्त आवश्यक पर्ने जनाएको छ।

यही आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले प्रभावित जलविद्युत् तथा ऊर्जा पूर्वाधारको पुनरुत्थानका लागि छुट्टै ‘त्रिशूली करिडोर पुनरुत्थान तथा उत्थानशीलता वित्तीय संरचना’ (Trishuli Corridor Recovery and Resilience Financing Architecture) विकास गर्न अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

यसअन्तर्गत बाढीबाट क्षतिग्रस्त जलविद्युत् तथा ऊर्जा पूर्वाधारको पुनःस्थापना मात्र नभई भविष्यमा यस्ता विपद्‌बाट कम क्षति हुने गरी पूर्वाधार पुनर्निर्माण गर्न आवश्यक दीर्घकालीन वित्तीय संयन्त्र विकास गर्ने अवधारणा अघि सारिएको छ।

भोटेकोशी-त्रिशूली करिडोर नेपालको महत्वपूर्ण जलविद्युत् तथा ऊर्जा पूर्वाधार क्षेत्र भएकाले यहाँ भएका आयोजनाका साथै प्रसारण, सडक र पुललगायत पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माणमा ठूलो लगानी आवश्यक पर्ने देखिएको छ। एचआइडीसीएलको प्रस्तावित वित्तीय संरचनाले यस्तो पुनर्निर्माणका लागि तत्कालको राहतबाट दीर्घकालीन पुनरुत्थानतर्फ स्रोत परिचालन गर्ने आधार तयार पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS