IME Life New

स्वास्थ्य बीमाः ईएमआर प्रणालीमार्फत दाबी पेस गर्ने व्यवस्था मिलाउन स्वास्थ्य संस्थालाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीमार्फत दाबी पेस गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

बीमा बोर्डले आज स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्तो निर्देशन दिएको हो। स्वास्थ्य बीमा प्रणालीलाई समयसापेक्ष रुपान्तरण गर्दै लैजान सन्दर्भमा दाबी व्यवस्थापन प्रक्रिया छिटो, परादर्शी तथा डिजिटल माध्यमबाट प्रभावकारी रुपमा कार्यान्वयन गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाले प्रदान गरिरहेको सम्पूर्ण सेवामा ईएमआर प्रणाली अनिवार्य लागू गर्न बीमा बोर्डले निर्देशन दिएको छ।

Esewa
Crest

यसका साथै स्वास्थ्य संस्थामा हाल सञ्चालनमा रहेको अस्पताल सफ्टवेयर तथा प्रयोगमा रहेका मोड्युलहरु र आगामी दिनमा ईएमआर प्रणालीको विस्तार तथा कार्यान्वयनका लागि तय गरिएको योजनासमेत जानकारी गराउन बीमा बोर्डले आग्रह गरेको छ।

हाल सेवा प्रदायक स्वास्थ्य संस्थामध्ये अधिकांशबाट म्यानुअल दाबी पेस गर्दै आएको बीमा बोर्डले जनाएको छ। यसरी दाबी प्राप्त हुँदा दाबी रुजु तथा मूल्यांकन प्रक्रिया समय लाग्नुका साथै सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी भुक्तानी गर्नसमेत ढिलाइ हुने गरेको र फलस्वरुप गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न हुने अवस्था रहेको बोर्डको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS