IME Life New

भोटेकोशी बाढी पीडितका लागि हिमालयन रि-इन्स्योरेन्सद्वारा सहायता रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले  हिमालयन रि-इन्स्योरेन्सले सहायता रकम एक करोड  रुपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीका पदाधिकारीहरूले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम (चेक) हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी, सञ्चालक समिति सदस्य आशिष न्यौपाने र अन्डरराइटिङ प्रमुख दिग्दर्शन नेपाल लगायतको उपस्थिति रहेको थियो।

Esewa
Crest

सो अवसरमा कम्पनीका प्रतिनिधिहरूले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका बासिन्दाको उद्धार र पुनर्स्थापनाका लागि राज्यले गरिरहेको प्रयासमा निजी क्षेत्रको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। रकम ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अप्ठ्यारो परिस्थितिमा हिमालयन रि-इन्स्योरेन्सले देखाएको सामाजिक उत्तरदायित्व र सहयोगप्रति धन्यवाद व्यक्त गरे।

विनाशकारी बाढीका कारण हालसम्म ठूलो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै निजी आवास, जलविद्युत् आयोजना र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ। सरकार तथा विभिन्न निकायहरू प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS