IME Life New

आमाले छोरीलाई दिइन् भविष्यको अमूल्य उपहार, रु. १८ लाखको जीवन बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनसरीको इटहरी–३ निवासी सुनिता बान्तवा राईले आफ्नी छोरी निसुमा तामाङको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा गराएकी छन्।

निसुमाका लागि आइएमई लाइफ इन्स्योरेन्सअन्तर्गत बाल उज्ज्वल जीवन बीमा योजनामा २० वर्ष अवधिको बीमा गरिएको हो। उक्त बीमाको भुक्तानी अवधि ५ वर्षमात्र रहेको छ।

Esewa
Crest

बीमांक रकम १८ लाख रुपैयाँ रहेको बीमा योजनाका लागि वार्षिक बीमाशुल्क २ लाख २७ हजार १४६ रुपैयाँ रहेको छ। निसुमाको जन्ममिति २०८१ साल भदौ १६ गते रहेको छ।

आमाले छोरीको भविष्यमा आजैदेखि आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गरेको यो बीमा सन्तानका लागि आमाको माया र जिम्मेवारीको अमूल्य उपहारका रुपमा लिन सकिन्छ।

‘आजको बचत र योजना नै भोलिको सुरक्षित भविष्यको आधार हो’ भन्ने सन्देशसहित गरिएको यस बीमाले निसुमाको शिक्षा तथा भविष्यका आवश्यकताका लागि आर्थिक आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS