IME Life New

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५ लाख सहयोग गर्ने प्रभु क्यापिटलको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

प्रभु रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो। हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण नेपालका रसुवा, नुवाकोट, धादिङ, आदि जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्रभु क्यापिटलले गहिरो दुःख व्यक्त गरेको छ। ‘यस दुःखद् घटनामा परी अमूल्य जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ’, क्यापिटलद्वारा विज्ञप्तिमा भनिउको छ, ‘यसका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । घाइते तथा अस्वस्थ भएका सम्पूर्ण व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

Esewa
Crest

यस कठिन परिस्थितिमा प्रभावित क्षेत्रमा रहेका नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण, खाद्यान्न, औषधि, आवास तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापनका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा सम्पूर्ण नागरिक समुदायलाई आफ्नो स्थानबाट सक्दो सहयोग गर्न पनि क्यापिटलले अनुरोध गरेको छ।

विशेषगरी जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सतर्कता निर्देशन पालना गरी सुरक्षित स्थानमा रहन, नदी तथा जोखिमयुक्त क्षेत्रबाट टाढा बस्न र उद्धार तथा राहत कार्यमा खटिएका निकायलाई आवश्यक सहयोग गर्न क्यापिटलले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS