काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज दुईवटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ। धितोपत्र बोर्डले एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड र मुक्तिनाथ म्युचुअल फन्ड–२ लाई निष्कासन अनुमति दिएको हो।
एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड एनआईसी एसिया म्यचुअुल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यसको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।
अब योजना व्यवस्थापकले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो १० वर्षे बन्दमुखी योजना हो।
यसैगरी मुक्तिनाथ म्युचुअल फन्ड–२ मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यसको योजना व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल र कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक रहेको छ।
अब योजना व्यवस्थापकले यो म्युचुअल फन्डको १० रुपैयाँ अंकिदरका कुल १० करोड इकाइ बिक्री खुला गर्नेछ। यो पनि १० वर्षे बन्दमुखी योजना हो।












