काठमाडौं । योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा ग्रोथ फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरेको छ।
क्यापिटलले उक्त बन्दमुखी योजनाको लाभांश वितरण गर्न यही भदौ १८ गते बिहीबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ १८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउन योग्य हुनेछ।
कोष प्रवर्द्धक सानिमा बैंक रहेको यस योजनाका इकाइधनीहरुलाई आर्थिक वर्ष २०८२।८३ का लागि क्यापिटलले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।












