IME Life New

म्युचुअल फन्डः चार योजनाको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।

प्रभु म्युचुअल फन्डका दुई योजना र सानिमा म्युचुअलको एउटा योजना तथा लक्ष्मी सनराइज म्युचुअल फन्डको एउटा योजनाको आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको हो।

Esewa
Crest

योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त आर्थिक वर्षका लागि प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डका इकाइधनीहरुलाई १२–१२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यसैगरी योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा ग्रोथ फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

यी चार वटै बन्दमुखी योजना हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS