काठमाडौं । लाभांश अनुमोदन गर्न आशुतोष इनर्जीले नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
सभा ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित १८.९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले सदस्यहरुको बैठक भत्ता परिमार्जन र ओभर ड्राफ्ट खाता नवीकरणा गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।












