काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर गोविन्द चौलागाईंले आफ्नी श्रीमती मञ्जु पराजुलीलाई आज भदौ ६ गते पर्न गएको जन्मदिनका अवसरमा बीमा पोलिसी उपहार दिएका छन्।
नेसनल लाइफ इन्स्योरेन्सको हेटौँडा शाखामा आयोजित एक कार्यक्रमबीच चौलागाईंले श्रीमती मञ्जुलाई ५० लाख रुपैयाँबराबरको बीमा पोलिसी उपहार दिएका हुन्। मञ्जुलाई नेसनल लाइफ हेटौँडा शाखाका प्रमुख नारायण कार्कीले बीमा पोलिसी हस्तान्तरण गरी जन्मदिनको शुभकामना व्यक्त गरे।
चौलागाईंले श्रीमती मञ्जुको दीर्घकालीन आर्थिक सुरक्षा र सुखद् भविष्यलाई प्राथमिकता दिँदै यो पोलिसी उपहार दिएको बताए। नेसनल लाइफमा विगत लामो समयदेखि काम गर्दै आएका चौलागाईं भन्छन्, ‘हरेक एक घरमा हरेक एक नयाँ सोचका बाबजुद आफ्नो क्षमताअनुसार एउटा बीमा पोलिसी अनिवार्य खरिद गर्नुपर्छ।’












