काठमाडौं । कुमारी म्युचुअल फन्डका ३ योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ ३ गते अन्तिम दिन रहेको छ।
कोष प्रवद्र्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजना लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी योजनाको लाभांश वितरणार्थ भोलि भदौ ३ गते बुक क्लोज गर्ने निर्णय योजना व्यवस्था कुमारी क्यापिटलले गरेको छ। यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले यी योजनाको लाभांश पाउनेछन्।
गत आर्थिक वर्ष २०८२।८३ का लागि कुमारी इक्विटी फन्डका इकाइधनीलाई १० प्रतिशत, कुमारी धनवृद्धि योजनाका इकाइधनीलाई १० प्रतिशत र कुमारी सबल योजनाका इकाइधनीलाई २.९० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।
यसैगरी खुलामुखी योजना कुमारी सुनौलो लगानी योजनाका लागि लगानीकर्तालाई ४.७० प्रतिशत नगद लाभांश वितरण गरिने योजना व्यवस्थापकले जनाएको छ। यो लाभांश वितरण गर्न योजना व्यवस्थापनले भदौ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २० गतेसम्म इकाइधनी कायम इकाइधनी यो लाभांश पाउन योग्य हुनेछन्।












