IME Life New

बेलगाम अभिकर्तालाई लगाम लगाउन जीवन बीमकलाई बीमा प्राधिकरणले दियो गृहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालमा जीवन बीमाबारे जथाभावी प्रचार गर्दै हिँड्ने जीवन बीमा अभिकर्तामाथि अंकुश लगाउन नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई निर्देशन जारी गरेको छ।

सोमबार जारी गरिएको ७ बुँदे निर्देशनको पछिल्ला २ बुँदामार्फत प्राधिकरणले जीवन बीमकका लागि केही विशेष गृहकार्य दिएको छ। अब बीमकले आफ्नो कम्पनीका लागि कार्यरत अभिकर्ताको गतिविधिमाथि निगरानी राख्नुपर्नेछ।

Esewa
Crest

बीमकले बीमा अभिकर्ताले बीमा सम्बन्धमा बीमितलाई कुनै पनि माध्यमबाट बीमालेख बिक्री गर्दा प्रस्तुत गर्ने बिक्री सामाग्रीको परीक्षण गर्ने दायित्व अब बीमकको हुनेछ। यसबाहेक अभिकर्ताको सम्बन्धमा कुनै पनि ग्राहकबाट प्राप्त गुनासोको विश्लेषण तथा सम्बोधन गर्न बीमकले व्यवस्था मिलाउनुपर्नेछ।

प्राधिकरणले दिएको निर्देशनअनुसार अब प्रत्येक जीवन बीमकले आफ्ना अभिकर्ताले सामाजिक सञ्जालमार्फत गरेको बीमा प्रचारप्रसारको नियमित अनुगमनको व्यवस्था मिलाउनुपर्नेछ।

यसबाहेक बीमालेखबारे भ्रामक र झुठो जानकारी तथा बीमितलाई झुठो आश्वासन दिएर बीमालेख बेच्ने अर्थात् फट्याइँ बिक्री (मिस–सेलिङ) गर्ने अभिकर्तासम्बन्धी गुनासाको बीमकले बेग्लै अभिलेख राख्नुपर्ने भएको छ। यसरी प्राप्त गुनासाको संख्या, गुनासाको प्रकृति, बीमकले दिएको समाधान र गरिएको कारबाहीसम्बन्धी विवरण प्रत्येक त्रैमासमा नियमित रुपमा प्राधिकरणमा पेस गर्नुपर्नेछ।

प्राधिकरणले परिपत्रको पुछारमा चेतावनीपूर्ण शब्दमा लेखेको छ, ‘यस परिपत्र तथा प्राधिकरणबाट जारी अन्य नियामकीय व्यवस्थाको उल्लंघन गरी बीमालेखको बिक्री गर्ने, गलत सूचना दिने, भ्रामक प्रचार र अतिरञ्जित दाबी गर्ने वा बीमालेखको वास्तविक प्रकृति लुकाउने बीमा अभिकर्ता तथा बीमकलाई बीमा ऐन, २०७९ बमोजिम कारवाही हुने व्यहोरो जानकारी गराइन्छ।’

बीमा ऐन, २०७९ को दफा ९५ उपदफा ३ को (क) र (ख) मा बीमा ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका वा प्राधिकरणले दिएको निर्देशनविपरीत कुनै काम गरेमा वा बीमितको हकहितविरुद्ध कुनै कार्य गरेको प्रमाणित भएमा बीमा प्राधिकरणले इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS