IME Life New

एनएमबि म्युचुअल फन्डका तीन योजनाको प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ३ योजनाको आर्थिक वर्ष २०८२।८३ का लागि प्रतिफल घोषणा गरिएको छ।

उक्त आर्थिक वर्षका लागि एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र एनएमबि हाइब्रिड फन्ड एल–२ को लाभांश प्रतिफल गरिएको छ। एनएमबि फिफ्टीका इकाइधनीलाई ३.१५ प्रतिशत, एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२का इकाइधनीलाई १० प्रतिशत र एनएमबि हाइब्रिड फन्ड एल–२का इकाइधनीलाई ४.५ प्रतिशत नगद लाभांश घोषणा गरिएको छ।

Esewa
Crest

यो प्रतिफल योजना व्यवस्थापक एनएमबि क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांश करसहितको हो।

यी तीनै योजनाको प्रतिफल वितरणार्थ भदौ ८ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ। यसको अर्थ भदौ ८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरु ती योजनाको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS