IME Life New

पहिले थुन्ने अनि सुन्ने सरकारको प्रवृत्तिमा अदालतको अंकुश, इन्भेस्टमेन्ट बैंकका सञ्चालकलाई तत्काल राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ कसुरको आरोपमा अनुसन्धानका लागि बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत समितिलाई पक्रने र थुन्ने प्रवृतिमा अंकुश लगाएको छ।

सर्वोच्च अदालतले बिहीबार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा अन्य सञ्चालकलाई तत्काल पक्राउ नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Esewa
Crest

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्ष पाण्डेसहित सञ्चालकहरू प्रजन्य राजभण्डारी, कवि कुमार टिवडेवाल, दीपांकर शाक्य उदय, शालिकराम बेलबासे तथा शोभा श्रेष्ठलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सञ्चालकहरूको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले दायर गरेको रिटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ऋणी स्मार्ट टेलिकम प्रालिको धितो लिलाम प्रक्रियासम्बन्धी विषयमा अनुसन्धानका क्रममा अध्यक्षसहित सञ्चालकहरूलाई पक्राउ गर्ने तयारी गरिएको भन्दै रोक लगाउन माग गरिएको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशका.लागि अर्को पक्षसँगको उपस्थितिमा साउन २५ गते पेशी तोकेको छ। साथै निवेदकहरूले अनुसन्धानका क्रममा पक्राउ गर्न खोजिएको भन्दै काठमाडौं जिल्ला अदालतबाट जारी.पक्राउ पूर्जाका हकमा कारण सहित जवाफ पेश गर्न सरकार पक्षलाई १५ दिनको म्याद दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS