काठमाडौं । जलविद्युत आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत शेयर वितरण गर्न निर्देशन दिइएको छ।
प्रतिनिधिसभाको अर्थ समितिले यस्तो निर्देशन दिएको छ। समितिले अब जलविद्युत आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत शेयर वितरण गर्ने व्यवस्था गर्न अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।
समितिले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीबमोजिम जलविद्युत आयोजनाका शेयर अंकित मूल्य अर्थात १०० रुपैयाँमै वितरण गर्न निर्देशन दिएको हो। समितिले डाकेको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पनि उपस्थिति थियो।












