काठमाडौं । बीमा कम्पनीहरूमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धिका लागि लागू गर्न खोजिएको ‘पारदर्शिता ड्यासबोर्ड’ प्रकाशन गर्न नेपाल बीमा प्राधिकरणले थप सात दिनको अवधि दिएको छ।
यसअघि ६० दिनको अवधि दिएकोमा अधिकांश बीमकले आफ्नो आधिकारिक वेबसाइटमा ‘पारदर्शिता ड्यासबोर्ड’ प्रकाशन नगरेपछि बीमा प्राधिकरणले सात दिनको अवधि थपेको हो ।
वेबसाइटमा अनिवार्य रुपमा पारदर्शिता ड्यासबोर्ड राख्न बीमकलाई प्राधिकरणको निर्देशन – Insurance Khabar
बीमा प्राधिकरणको अनुसन्धान तथा तथ्याङ्क शाखाले गत जेठ १४ गते ६० दिनको समय सीमा सहित बीमालेख सेवा, बीमा दाबी, ग्राहक गुनासो सुनुवाइ, शाखा सञ्जाल संख्या लगायतको तथ्याङ्क सहितको ‘पारदर्शिता ड्यासबोर्ड’ सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । यो समय सीमाभित्र बजार नेतृत्वकर्ता बीमकले नै ‘पारदर्शिता ड्यासबोर्ड’ प्रकाशन नगरेपछि प्राधिकरणले समयावधि थपेको हो ।
बीमकलाई पारदर्शिता ‘ड्यासबोर्ड’ लागू गर्न बीमा प्राधिकरणले दिएको समय गुज्रियो – Insurance Khabar
प्राधिकरणले पत्रमार्फत् बीमकलाइ सात दिनभित्र ड्यासबोर्ड सञ्चालनमा ल्याएर इमेलमार्फत् सोको जानकारी प्राधिकरणमा गराउन निर्देशन दिएको छ ।
प्राधिकरणले पहिलो पटक दिएको ६० दिनको म्याद साउन १४ गते नै सकिएको थियो । यो अवधि पुरा भएपछि केही बीमकले पारदर्शिता ड्यासबोर्डमा अपर्याप्त तथ्याङ्क प्रकाशन गरेका छन्। केहीले ड्यासबोर्ड खुल्ने वेब लिङ्कमा पारदर्शिता ड्यासबोर्ड तयारी भइरहेको भन्ने सूचना राखेका छन् ।












