काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत चालु आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले १९ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा संस्थाले १ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा १०३६.४६ प्रतिशतको बढोत्तरी भएको छ।
समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा पनि ११३५.०१ प्रतिशतले बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड २३ लाख रुपैयाँमा सीमित थियो।
गत आर्थिक वर्षमा संस्थाको खुद ब्याज आम्दानी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ३५ करोड ५९ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ३९.७४ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा संस्थाको वितरणयोग्य मुनाफा १६ करोड ५० लाख रुपैयाँ रहेको छ। संस्थाको लाभांश वितरण गर्ने क्षमता ४२.५८ प्रतिशत देखिएको छ।
चुक्तापुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको समीक्षा वर्षमा रिटेन्ड अर्निङमा १६ करोड ५० लाख रुपैयाँ र रिजर्भमा ३३ करोड ६ लाख रुपैयाँ छ। अघिल्लो वर्ष संस्थाको रिटेन्ड अर्निङमा ४ करोड ७७ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ४ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ।
समीक्षा वर्षमा संस्थाले ३ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ९१ करोड १ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
अघिल्लो वर्षको तुलनामा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.६० रुपैयाँबाट बढेर ४९.८८ रुपैयाँ कायम भएको छ। पीई रेसियो २४.४४ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ।












