IME Life New

विपन्न नागरिकका लागि के-के छन् निःशुल्क उपचार सेवा, कसरी लिन सकिन्छ सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नेपाल सरकारले आर्थिक रूपमा विपन्न, असहाय र कडा रोगबाट पीडित नागरिकका लागि विपन्न नागरिक औषधी उपचार कोषमार्फत विशेष सहुलियत तथा निःशुल्क उपचार सुविधा सञ्चालन गर्दै आएको छ।

सरकारले मुख्यतया प्रकारका कडा रोग का लागि विपन्न नागरिकलाई आर्थिक सहायता उपलब्ध गराउँछ ।  सरकारको रोगको प्रकृतिको आधारमा निःशुल्क उपचार सुविधाको रकमको सीमा तोकेको छ। सरकारले निर्धारण गरेको सुविधावापतको रकमको सीमा यस्तो छः

Esewa
Crest
  • क्यान्सर (अर्बुदरोग) उपचार, किमोथेरापी, रेडियोथेरापी तथा औषधीका लागि अधिकतम रु. १ लाखसम्मको निःशुल्क सेवा।
  • मुटु रोग शल्यक्रिया, एन्जियोप्लास्टी, भल्भ फेर्ने आदि उपचारका लागि अधिकतम रु. १ लाख सम्म। १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि मुटु रोगको निःशुल्क उपचार विशेष व्यवस्था छ।
  • मिर्गौला रोगीका लागि आजीवन पूर्ण निःशुल्क डायलाइसिस सेवा।
  • मिर्गौला प्रत्यारोपणका लागि अधिकतम रु. ४ लाख सम्मको सहयोग।
  • प्रत्यारोपणपछिको औषधी रू. १ लाखसम्मको औषधी सहायता।
  • गम्भीर टाउकाको चोटपटकको उपचारका लागि रु. १ लाखसम्म।
  • मेरुदण्डको पक्षघात वा चोटपटकको उपचार तथा पुनर्स्थापनाका लागि रु. १ लाखसम्म।
  • पार्किन्सन्स औषधी तथा उपचारका लागि रु. १ लाख सम्म।
  • अल्जाइमर्स (कडा खाले बिर्सने रोग) औषधी तथा उपचारका लागि रु. १ लाख सम्म।
  • सिकलसेल एनिमिया(पश्चिम तराइका थारू समुदायमा देखिने छालासम्बन्धी रोग) उपचार तथा नियमित औषधीका लागि रु. १ लाख सम्म।

यस्तो सुविधा कसरी र कहाँबाट प्राप्त गर्ने ?

विपन्न नागरिक उपचार सुविधा प्राप्त गर्न बिरामी वा निजका आफन्तले तीन चरणको प्रकृया पुरा गर्नुपर्छ । पहिलो चरणमा सिफारिशका कागजातहरू तयार पार्ने काम पुरा गर्नुपर्छ। यसका लागि स्थानीय तहको विपन्नता सिफारिस पत्र सम्बन्धित वडा कार्यालय वा पालिकाबाट बिरामी आर्थिक रूपमा विपन्न भएको प्रमाणीकरण सिफारिस पत्र आवश्यक हुन्छ।

यस्तो सिफारिशका लागि चाहिने कागजपत्रहरू

डाक्टरको मेडिकल रिपोर्ट र सिफारिस सूचीकृत अस्पतालका विशेषज्ञ डाक्टरले रोग निदान (पहिचान) गरी विपन्न सुविधाअन्तर्गत उपचार आवश्यक छ भनी दिएको सिफारिस पत्र।

बिरामीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्मदर्ता र अभिभावकको नागरिकता०।

बिरामीको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।

पहिलो चरणको प्रकृया पुरा गरी सकेपछि दोश्रो चरणका लागि विपन्न नागरिक उपचार सिफारिश समितिमा निवेदन दिनुपर्छ । स्थानीय तह वडा र पालिका वा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको विपन्न नागरिक उपचार सिफारिस समितिमा निवेदन र कागजात पेश गर्नुपर्छ। प्राप्त निवेदनका आधारमा सिफारिश समितिले कागजात जाँचबुझ गरी उपचार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचीकृत अस्पतालको नाममा सिफारिश पत्र जारी गर्छ।

सिफारिश प्राप्त गरी सकेपछि तेस्रो चरणमा बल्ल बिरामीले सम्बन्धि अस्पतालबाट उपचार सेवा प्राप्त गर्नेछन् । आफूले पाएको सिफारिस पत्र लिएर नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका सूचीकृत अस्पतालहरू जस्तै वीर अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, प्रादेशिक अस्पतालहरू आदिमा जानुपर्छ। अस्पतालको विपन्न नागरिक उपचार कक्षमा सिफारिस पत्र पेश गर्नुपर्छ। यति गरिसकेपछि बिरामीले सोझै तोकिएको सीमा रु १ लाख वा नियमानुसारसम्म निःशुल्क उपचार, औषधी वा डायलाइसिस सेवा प्राप्त गर्दछन्। बिरामीले अस्पताललाई नगद शुल्क भुक्तानी गर्नुपर्दैन । अस्पतालले बीमा बोर्डमा सोझै सोधभर्ना दाबी गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS