IME Life New

सुप्रिम वाइन नेपालले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा आधारित वाइन उत्पादक कम्पनी सुप्रिम वाइन नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नेशनल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

साउन १४ गते काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीहरूबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

Esewa
Crest

सन् २०१५ मा स्थापना भई काठमाडौंको बुढानीलकण्ठ-३ मा मुख्य कार्यालय रहेको सुप्रिम वाइन नेपालले बजारमा अकिरा र सब मरीन जस्ता लोकप्रिय ब्रान्डका प्रिमियम तथा फ्रुट वाइनहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। लामो अनुभव बोकेको व्यवस्थापन टोलीद्वारा सञ्चालित यो कम्पनी हाल नाफामूलक अवस्थामा छ।

आईपीओ प्रक्रियाको निष्काशन व्यवस्थापन गर्ने दायित्व पाएको नेशनल क्यापिटल लिमिटेड नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस मर्चेन्ट बैंकले पूँजी बजारमार्फत वित्तीय स्रोत परिचालन गर्न विभिन्न संस्थाहरूलाई सहयोग पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS