IME Life New

हिमालयन रिइन्स्योरेन्सले शेयर प्रिमियमवापत संकलन गरेको रकम नबाँड्न सर्वोच्चको आदेश (पूर्ण पाठ सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले शेयर प्रिमियमवापत संकलित रकम वितरण नगरी छुट्टै जगेडा कोषमा राख्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

निजी क्षेत्र प्रवर्द्धित पुनर्बीमा कम्पनी, हिमालयन रिले प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा सर्वोच्चल अदातलले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालयन रिइन्स्योरेन्सको नाममा यस्तो निर्देशनात्मक आदेश जारी गरेको हो ।

Esewa
Crest

फैसलाको पूर्ण पाठमा भनिएको छ, कानून विपरित प्रिमियम मूल्यमा शेयर बिक्री गरी प्राप्त रकममध्ये अंकित मूल्यभन्दा बढी रकम वापत संकलित रकम छुट्टै कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन प्रत्यर्थीमध्येका नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालयन रिइन्स्योरेन्सलाइ निर्देशनात्मक आदेश दिएको छ।

supreme_286517

न्यायाधिशद्वय श्रीकान्त पाैडेल र मनोज शर्माको संयुक्त इजलाशले रिट निवेदन सम्बन्धमा गरेको फैसलाको पूर्ण पाठमा लेखिएको छ,’कानून विपरीत प्रिमियम मूल्यमा शेयर बिक्री गरी प्राप्‍त रकममध्ये अंकित मूल्यभन्दा बढी रकम कम्पनी ऐन, २०६३ को दफा २९ (२) र (३) बमोजिम प्रिमियम खाता खोली जम्मा गर्न र त्यस्तो रकमलाई कम्पनीले प्रयोग गर्न सक्ने व्यवस्थालाई बीमा ऐन २०७९ को दफा ३९ ले समेत सम्बोधन गरेको देखिंदा प्रत्यर्थी नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले संयुक्त रुपमा समन्वय गरी जगेडा कोषको स्थापना गरी उक्त कोषमा प्रिमियम रकमलाई राख्‍ने सम्बन्धमा आवश्यक समन्वय गरी कार्य गर्नु गराउनु भनी बीमा प्राधिकरण, धितोपत्र बोर्ड र हिमालयन रिइन्स्योरेन्सका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ।’

बीमा ऐन २०७९ को दफा ३९  उपदफा (५) मा बीमक/पुनर्बीमकको अनिवार्य जगेडा तथा अन्य जगेडा कोष सम्बन्धी अन्य व्यवस्था नेपाल बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने व्यवस्था छ।

सर्वोच्चको यो फैसलाले यसअघि बीमा कम्पनीहरूद्वारा प्रिमियम मूल्यमा शेयर निष्काशन गरिएकोलाई पनि अवैध ठहर गरेको छ। साथै अदालतले अब उपरान्त कुनै पनि बीमा कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न नपाउने गरी रोक लगाउन समेत दुबै नियामकको नाममा आदेश जारी गरेको छ। फैसलाको पूर्ण पाठमा लेखिएको छ, ‘अब उप्रान्त कानून विपरीत प्रिमियम मूल्यमा शेयर जारी र निष्कासन नगर्न आदेश जारी गरिदिएको छ।’

हिमालयन रिइन्स्योरेन्सले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत तेश्रो त्रैमासिक प्रतिवेदनमा कम्पनीसँग शेयर प्रिमियमवापतको ३ अर्ब १२ करोड २७ लाख ६ हजार ३१६ रूपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS