IME Life New

बुद्ध एयरले भित्र्यायो नेपालकै पहिलो ‘ATR 72-600’ विमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपालको अग्रणी निजी विमानसेवा कम्पनी बुद्ध एयरले आफ्नो उडान सेवामा नयाँ प्रविधि र आधुनिकता भित्र्याउँदै नयाँ पुस्ताको एटीआर ७२-६०० विमान शनिबार विहान भित्र्याएको छ।

नेपालमै पहिलो पटक भित्रिएको यो आधुनिक एटीआर विमानलाई नाइन एन एओएस (9N-AOS) पहिचान संकेत प्रदान गरिएको छ।

Esewa
Crest

यस नयाँ विमानमा अत्याधुनिक एभियोनिक्स प्रविधि, आरएनपि एआर क्षमता, उन्नत सुरक्षा विशेषता, कम इन्धन खपत र यात्रुहरूका लागि थप सहज तथा आरामदायक यात्राको सुविधा रहेको छ। यसले नेपालको आन्तरिक उडान सेवालाई अझ सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने कम्पनीले जनाएको छ।

आधुनिक प्रविधि अपनाउँदै गर्दा बुद्ध एयरले आफ्नो इतिहासमा लामो समय सेवा दिएका पुराना विमानहरूलाई पूर्ण उडान क्षमता  पूरा गरी सम्मानजनक रूपमा बिदाइ पनि गरेको छ:

त्यसअघि सन् २०२४ सेप्टेम्बर १० मा बुद्ध एयरले आफ्नो पहिलो एटीआर-४२ विमानको पूर्ण उडान सीमा (७०,००० उडान चक्र) पूरा गरी एटीआर इतिहासमै पहिलो पटक पूर्ण आय पछि सेवाबाट अवकाश दिएको थियो।

गत मार्चमा आफ्नो ७२,००० उडान चक्र पूरा गरी ATR 72-500 (9N-AJO) एटीआर-७२ विमानलाई बिदाइ गर्यो।

त्यसअघि सन् २०२४ सेप्टेम्बर १० मा बुद्ध एयरले आफ्नो पहिलो एटीआर-४२ विमानको पूर्ण उडान सीमा (७०,००० फ्लाइट साइकल) पूरा गरी एटीआर इतिहासमै पहिलो पटक पूर्ण आय पछि सेवाबाट अवकाश दिएको थियो।

पुराना एटीआर ४२ र ७२ विमानहरूको अवकाश तथा नयाँ पुस्ताका आधुनिक एटीआर विमानहरूको निरन्तर थपसँगै बुद्ध एयरसँग १६ भन्दा बढी एटीआर विमानहरूको सक्रिय बेडा रहेको छ।

बुद्ध एयरले भनेको छ, हाम्रो फ्लीटमा नेपालकै पहिलो ATR 72-600 (9N-AOS) जोड्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। सुरक्षित, भरपर्दो र आधुनिक उड्डयन सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा यो अर्को एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS