IME Life New

नेपाल रि रु. ५.८४ अर्बले घाटामा, व्यापारमा पनि गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष चैतम्मको कम्पनीले ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जेनजी आन्दोलनको क्षतिको प्रभाव सरकारी स्वामित्वको पुनर्बीमा कम्पनीमा देखिएको हो।

Esewa
Crest

समीक्षा अवधिसम्म शेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड २३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ६ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ८३ करोड ५३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.२३ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १८.०१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ४३.५१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ५.४५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँमा झरेको छ।

व्यवस्थापकीय विश्लेषण

कम्पनीले देशमा आफूलाई मनपर्ने पुनर्बीमा कम्पनीका रुपमा सफलतापूर्वक स्थापित गरेको छ। अन्तर्राष्ट्रिय ब्रोकरहरु र पुनर्बीमा कम्पनीहरुबीच एक विश्वसनीय पुनर्बीमा कम्पनीका रुपमा पनि स्थापित गरेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरमा आएको कमीले कम्पनीको लगानी प्रतिफलमा असर पारेको छ। विविधीकरण गर्न कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार अन्य विकल्पमा आफ्नो लगानी बढाउने योजना बनाएको छ। देशमा आर्थिक गतिविधिमा आएको गिरावट र विश्वव्यापी आर्थिक तनावले बीमा उद्योगको वृद्धिलाई असर गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS