काठमाडौं । भारतको सबैभन्दा धेरै कार बेच्ने कम्पनी मारुती सुजुकीले कारको दाम बढाउने निर्णय गरेको छ।
आउँदो अगस्टबाट मारुती सुजुकीका कारहरुको मूल्य बढ्ने भएको हो। कारको मूल्यमा भारु ३० हजारसम्म वृद्धिको घोषणा गरेर ग्राहकलाई ठूलो झट्का दिएको छ।
यस्तो अवस्थामा मारुति सुजुकीले कारको मूल्यमा गरेको वृद्धिले आगामी महिनाहरुमा कार खरिदकर्ताको खल्तीमा थप बोझ पर्ने निश्चित छ।
लगातार बढ्दो उत्पादन लागत र कच्चा पदार्थको बढ्दो लागतका कारण अटोमोबाइल क्षेत्रमा यो मूल्य संशोधन देखिएको छ। मारुती सुजुकीले यस वर्ष पहिले नै आफ्ना कारहरुको मूल्य बढाइसकेको छ। अब, डिजायर, एर्टिगा र बलेनो–फ्रन्क्सदेखि लिएर मारुतीका सबै कार फेरि महँगो हुने भएको छ।












