IME Life New

एशियाको बीमा क्षेत्रमा भू राजनीतिक धक्काको जोखिम, एआई बन्दैछ बलियो सहारा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी पुनर्बीमक समूह, स्वीस रि को पछिल्लो सिग्मा रिपोर्टले मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित आपूर्ति अवरोध र व्यापारिक मन्दीसँग एसियाली तथा विश्वव्यापी बीमा बजारले अझै संघर्ष गर्नुपरिरहेको उल्लेख गरेको छ।

सिग्मा रिपोर्टको  ‘वर्ल्ड इन्स्योरेन्स इन २०२६ः शक एब्जर्बर्स इन अ फ्रेग्मेन्टेड वर्ल्ड’ शिर्षकको प्रतिवेदनका अनुसार, इन्धन ओसारपसारको मुख्य मार्ग स्ट्रेट अफ हर्मुज पुनः खुले पनि विश्वव्यापी आपूर्ति श्रृंखला अझै पनि संवेदनशील अवस्थामा छ।

Esewa
Crest

प्रतिवेदनमा भूराजनीतिको जोखिमलाई न्यूनीकरण गर्न कृत्रिम बुद्धिमता(एआई)को बढ्दो मागले एशियाली अर्थतन्त्रलाई टेवा प्रदान गरेको उल्लेख गरिएको छ।

एआईको तीब्र विकासले बीमाको माग बढाउनुका साथै एशियाली अर्थतन्त्रलाई राहत दिइरहेको छ। एशियाबाट भइरहेको सेमिकन्डक्टर (चिप) को उच्च निर्यातले महँगो तेलको मूल्यलाई सन्तुलनमा राख्न मद्दत गरेको छ। स्वीस रीका मुख्य अर्थशास्त्री जेरोम जीन हागेलीका अनुसार सेमिकन्डक्टर निर्यातमा प्रतिबन्ध र प्रविधि क्षेत्रमा वैदेशिक प्रत्यक्ष लगानीको सीमा जस्ता भूराजनीतिक विभाजनले आर्थिक वृद्धिलाई सुस्त बनाउन सक्छ। डाटा सेन्टर, विद्युतीकरण र ठूला उद्योगहरूमा भइरहेको ठूलो लगानीले ऊर्जा र निर्माण सामग्रीमा दबाब बढाउँदा महँगी (मुद्रास्फीति) अझै बढ्न सक्ने अनुमान गरिएको छ।

रिपोर्टले आगामी वर्षहरूमा बीमा शुल्कको वृद्धिदरमा केही सुस्तता आउने प्रक्षेपण गरेको छ। बजारमा बढ्दो प्रतिस्पर्धात्मक मूल्य निर्धारण र कमजोर आर्थिक गतिका कारण सन् २०२६ मा निर्जीवन बीमाको वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने देखिन्छ।

उच्च प्रतिफलका कारण जीवन बीमा क्षेत्र भने सुरक्षित रहने र यसको वृद्धिदर २.३ प्रतिशत पुग्ने अनुमान छ। सामान्य दरका आधारमा चीन विश्वकै सबैभन्दा ठूलो बीमा बजार कायम रहनेछ भने विश्वका शीर्ष २० बजारहरूमध्ये भारत सबैभन्दा तीब्र गतिमा अघि बढ्ने बीमा बजार बन्ने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS