काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले दुईवटा कम्पनी लगानी गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिले बैठकले कम्पनीको बैंक खातामा रहेको लगानीयोग्य रकममध्येबाट न्यादी फिदी जलविद्युत आयोजना र जनता एग्रो एन्ड फरेष्ट्रीमा लगानी गर्ने निर्णय गरेको हो। कम्पनीले न्यादी फिदी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता र फरेष्ट्रीमा १२५ रुपैयाँका दरले २ लाख कित्ता शेयर किन्ने भएको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधी न्यादी फिदी जलविद्युत आयोजना २१.४ मेगावाट क्षमताको हो भने फरेष्ट्रीले आइपीओ ल्याउने तयारीमा रहेको कम्पनी हो।












