IME Life New

माउन्ट एभरेष्ट पावरको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओ आज असार १९ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले सर्वसाधारणका लागि गत असार ३ गतेदेखि असार ८ गतेसम्म आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख २७ हजार ६०० कित्ता जारी गरेको थियो।

Esewa
Crest

यो आइपीओमा २८ लाख ६२ हजार ९०९ आवेदकबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयर माग भएको छ। त्यसमध्ये २८ लाख १५ हजार ६७९ आवेदकबाट माग भएको ३ करोड १ लाख १९ हजार ८८० कित्ता शेयर सदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख ४२ हजार ७६० आवेदकले १० कित्ताका दर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये २६ लाख ७२ हजार ९१९ आवेदकको हात खाली भएको छ।

यो आइपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS