IME Life New

नर्थ समिट हाइड्रोमा लगानी गर्दै तेह्रथुम पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले नर्थ समिट हाइड्रोमा लगानी गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीको आठौँ वार्षिक साधारणसभाले नर्थ समिट हाइड्रोमा लगानी गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

तेह्रथुम पावरले नर्थ समिट हाइड्रोको १०० रुपैयाँ अंकित दरका कुल १ लाख कित्ता शेयरमा लगानी गर्नेछ। नर्थ समिट लमजुङको मर्स्याङ्दी गाउँपालिकाको बहुनडाँडा र भुलभुलेमा निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो।

उक्त जलविद्युत आयोजना २१.४ मेगावाट क्षमताको हो। आयोजनाले सन् २०२७ को नोभेम्बरबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। कम्पनीले विद्युत विकास विभागबाट यो आयोजनाको उत्पादन अनुमति पनि लिइसकेको छ।

तेह्रथुम पावरले लगानीयोग्य मौज्दात रकममध्येबाट उक्त कम्पनीमा लगानी गर्न लागेको हो। बजेटका हिसाबले समेत तुलनात्मक रुपमा नर्थ समिट हाइड्रो राम्रो रहेको तेह्रथुम पावरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS