काठमाडौं । लेखा परिक्षकहरूको नियामक संस्था इन्स्टिच्युट्स अफ चार्टर्ड अकाउण्टेण्ट नेपाल(आइक्यान) बाट शिखर इन्स्योरेन्सले उत्कृष्ट वित्तीय प्रतिवेदनवापत ‘गोल्ड अवार्ड’ उपाधी प्राप्त गरेको छ।
कम्पनीले निर्जीवन बीमकहरूमध्येबाट उत्कृष्ट वित्तीय विवरण प्रस्तुतीका लागि यो उपाधी पाएको हो। यसैगरी जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्सलाई आइक्यानले उत्कृष्ट वित्तीय प्रतिवेदन उपाधी अन्तर्गत ‘ब्रोञ्ज अवार्ड’ बाट सम्मान् गरेको छ।

आइक्यानले प्रत्येक वर्ष वित्तीय विवरण प्रस्तुतीका आधारमा बैंक वित्तीय संस्था र बीमा कम्पनीलाई सम्मान गर्दै आएको छ।












