IME Life New

बीमा बोर्डले बक्याैता भुक्तानी नगरेपछि स्वास्थ्य बीमाबाट वञ्चित बने कालीकोटवासी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कालिकोट जिल्ला अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम सोधभर्ना नगरेपछि बीमितले झण्डै २० दिनदेखि उपचार सेवाबाट वञ्चित रहनु परेको छ।

बोर्डले उपचारवापत लागेको खर्च रकमको सोधभर्ना नगरेकाले उपचारलाई निरन्तरता दिन नसकिएको भन्दै गत जेठ २४ गतेदेखि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको सबै सेवा प्रवाह बन्द गरेको हो।

Esewa
Crest

स्वास्थ्य बीमा बोर्डबाट अस्पतालले लामो समयदेखि ७० लाख रूपैयाँ सोधभर्ना पाएको छैन। यसबाहेक बोर्डले उपचारवापत दाबी गर्न पाउनुपर्ने सेवा शुल्क, औषधी, उपकरण लगायतको लागि तोकेको दर भाउ समेत निक्कै थोरै भएकाले घाटा व्यहोरेर सेवा दिन नसकिने अस्पताल व्यवस्थापनको भनाई छ।

स्वास्थ्य बीमा बोर्डले उपचार खर्च कटाैती गर्ने भन्दै परिमार्जित बिमा सुविधा थैली जारी गरेर पहिलेको तुलनामा थोरै मूल्य तोकेको छ। यो मूल्य अत्यन्त न्यून भएको भन्दै अन्य अस्पतालहरूले पनि सेवा उपलब्ध गराउन आनाकानी गरिरहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS