IME Life New

स्नो रिभर्सको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्नो रिभर्सको शेयर आउँदो भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

स्नो रिभर्सको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनीको शेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो। नेप्सेमा स्नो रिभर्सको १०० रुपैयाँ अंकित दरका कुल ९३ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १८ लाख ७५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको ७५ लाख कित्ता (८० प्रतिशत) रहेको छ।

Esewa
Crest

पहिलो कारोबारका लागि नेप्सेले स्नो रिभर्सलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसएनओआरएल’ पाएको छ।

भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

स्नो रिभर्सले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने जेठ १२ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS